२९ असार २०८१, शुक्रबार | Sat Jul 13 2024

बालिकाको मृत्युपछि गुल्मी अस्पतालमा तनाब



बुटवल ।
उपचारको क्रममा बालिकाको मृत्यु भएपछि गुल्मीको तम्घासस्थित गुल्मी अस्पतालमा तनाब भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ की सात वर्षीया प्रशंसा मरासिनीको मंगलवार बिहान मृत्यु भएको थियो ।

अस्पतालको लापरवाही कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तको दाबी छ । बालिकालाई सोमवार उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।

सामान्य पेट दुखेर अस्पताल ल्याइएकी बालिकाले दिउँसो बान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।

बिरामीका आफन्तले अस्पतालकाको कमजोरीका कारणले मृत्यु भएको भन्दै मृत्यु हुनुको कारणको माग गरेका छन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सकको भनाइ छ ।

अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए । अस्पतालले लापरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।

अस्पतालमा तनाबग्रस्त भएपछि अहिले अस्पताल प्रशासन कार्यालय गुल्मी र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८० मंगलबार ००:००  ३ : १५ बजे