५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गौ हत्याको विरोधमा कपिलवस्तुमा निकालियो सद्भाव र्‍याली



मायादेवी अनलाइन, बाणगंगा ।

मुलुकका विभिन्न भागमा भएका गौ हत्याको विरोधमा यहाँ सद्भाव र्‍याली निकालिएको छ ।

जिल्लाको चन्द्रौटामा बुधबार सद्भाव र्‍याली निकालिएको हो । विश्व हिन्दु महासंघ शिवराजको आयोजनामा निकालिएको र्‍यालीमा गौ हत्यारालाई कारवाही गर, सामाजिक सद्भाव कायम गर, राष्ट्रिय एकता कायम गर, धार्मिक सहिष्णुता कायम गर जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

र्‍यालीमा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा लगायत हिन्दू धर्मप्रति आस्थावान शिवराज नगरपालिका क्षेत्रमा रहेका स्थानीय, जनप्रतिनिधि, व्यावसायी, बुद्धिजीवी, साधुसन्त लगाएको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८० बुधबार ००:००  ६ : २० बजे