२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

गुल्मीको इस्मामा व्यवसायिक रुपमै फूल खेती सुरू



गुल्मी ।
गुल्मी जिल्लामा व्यवसायीक रुपमा फूल खेती नहुँदा फूलका निम्ती बुटवल लगायत अनेत्र शहरको भर पर्नुपर्ने अवस्था रहेको थियो । जिल्लामा हुँने ठूला मेला महोत्सवमा बुटवलबाटै फूलका माला ल्याउनुपर्ने बाध्यता थियो ।

तर पछिल्लो समय जिल्लाका ग्रामीण वस्तीमा व्यवसायी फूल खेती शुरु हुन थालेका छन् । जिल्लाको इस्मा गाउँपालिमा एक जना युवाले फूल खेती सुरु गरेका छन् ।

पछिल्लो समय कृषिलाई आफ्नो व्यावसाय बनाएर लागेका युवा इस्मा गाउँपालिका वडानम्बर-३ का गोकर्ण नेपालीले पुष्प खेतिको सुरुवात गरेका हुन् । उनले केहि वर्ष बिदेशबाट फर्केर गाउँमा घाँसका विरुवाहरु पनि उत्पादन गर्दै आएका छन् ।

घाँसका विरुवा उत्पादनसँगै यसवर्षदेखि फूल खेती पनि सुरुवात गरेका छन् । गाउँपालिकाले धेरै कृषकलाई पुष्प खेति गरेर बाहिरबाट आयात हुने फूलका मालाहरु विस्थापित गर्न अभियान चलाएको थियो । तर कसैले पनि फूल खेती गर्न चासो देखाएका थिएनन । यहिँ क्रममा नेपालीले यसवर्षदेखि व्यवसायीक रुपमा फूल खेतीको सुरुवात गरेका हुन् ।

व्यवसायिक रुपमा पुष्प खेतीलाई प्रोत्साहन गर्नका लागि इस्मा गाउँपालिकाले नेपालीलाई नगद ६० हजार अनुदान दिएको छ । नेपालीले आफ्नो ८ रोपनी जग्गामा ६ हजार बढि फूलका विरुवाहरु रोपेका छन् ।

केही फूलहरु अहिले फुलिरहेका छन् । केही फूलहरु तिहारमा र केही तिहार पछाडि फुल्ने गरि ब्याड निर्माण गरि लगाइएको कृषक गोकर्ण नेपालीले बताए । उनले अहिलेसम्म ५ देखि ६ वटा कार्यक्रममा ३५ हजार सम्मको फूल बिक्री गरिसकेको बताए ।

जिल्लामा हुँने कार्यक्रमको लागि नेपालीका मालाहरु बजारमा आउन थालेका छन् । यसले गर्दा कृषि कर्म उनलाई उत्साह थपेको बताए । यसवर्ष उनले १ लाख ५० हजार बढिको फूलका माला बेच्ने लक्ष्य रहेको नेपालीको भनाइ छ । ६ हजार बढि फूलबाट इस्मा गाउँपालिकामा आबश्यक पर्ने फूलका मालाहरु पुगेर अनेत्र बिक्री गर्न सकिने उनले बताए ।

गाउँपालिकामा यति धेरै फूल खपत नहुने देखेपछि अनेत्र बिक्री गर्न थालेनेपालीको भनाइ छ । पालिकाले धेरै नागरिकलाई फूल खेती गर्न आग्रह गरेपनि कसैले पनि चासो नदेखाएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

उनले पालिकामा एक जना कृषकले भएपनि व्यवसायीक रुपमै फूल खेती गरेर पालिकालाई फूलका मालामा आत्मनिर्भर हुने मद्दत मिलेको बताइन । चाडपर्वमा फूलका मालाहरु नपाइदा बाहिरबाट आयतित कृतिम फूलका मालाहरु बजारमा आउने गर्दछन् ।

त्यही कृत्रिम फूलका माला विस्थापित गर्न पालिकाले फूल रोप्ने समयमा सबैलाई व्यवसायीक रुपमा खेती गर्न आग्रह समेत गरेको पालिका उपाध्यक्ष कुँवरले बताइन । व्यवसायीक फूल खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न पालिकाले आर्थिक सहयोग पनि गर्ने गरेको कुँवरको भनाइ छ ।

प्रकाशित मिति : २१ आश्विन २०८० आइतबार ००:००  ४ : ४२ बजे