१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिल आरोग्य मन्दिर कपिलधामको अध्यक्षमा पुनः आचार्य



बाबुराम रायमाझी, बाणगंगा ।

कपिल आरोग्य मन्दिर कपिलधामको १२ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट पुनः शंकर प्रसाद आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जसको उपाध्यक्षमा थानेश्वर वेल्वासे, सचिवमा धु्रव वेल्वासे, कोषाध्यक्षमा राजु अर्याल, सहसचिवमा दुर्गा प्रसाद पौडेल, सदस्यहरुमा क्रमशःबाबुराम रायमाझी, कमल पोख्रेल, मान बहादुर कार्की, बिनिराम पौडेल, उदयमान कुवँर, बिष्णु प्रसाद पौडेल (बिपिन), शिव भट्टराई, दिलिप बस्नेत, शान्ता खनाल र हरिमाया थारु रहेका छन् भने कमल वेल्वासेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन भएको छ । आचार्यको नेतृत्तवमा आगामी ३ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमितीको चयन गरेको पोमनारायण पौडेलले जानकारी दिनुभयो ।

असोजको अन्तिम साता नै साधारण सभा सम्पन्न गरेको कपिलधामले नयाँ कार्यसमिति चयनका लागि सहमती नहुँदा रोकिएको थियो । साधारण सभाले बरिष्ठ सल्लाहकार कुमार मधु वेल्वासे संयोजकत्व पोम नारायण पौडेल र दुर्गा केसी सदस्य रहेको समन्वय समिति गठन गरेको थियो । मुख्य पदाधिकारीमा कुरा नमिलेपछि समिति चयन हुन सकेको थिएन ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई कपिलधामका पूर्व बरिष्ठ उपाध्यक्ष विष्णु बहादुर रायमाझी, सल्लाहकार शिवचन्द्र आचार्य, हरिराज घिमिरे, आत्माराम आचार्य, दुर्गा केसी, कुमार मधु वेल्वासे लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै धार्मिक, ऐतिहासिक पर्यटकिय स्थल कपिल आरोग्य मन्दिर कपिलधामलाई एउटा पर्यटकिय गन्तब्य स्थानको रुपमा अगाडी बढाउन जोड दिएका थिए ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष आचार्यले आफूले कपिलधाममा वाँकी रहेका अधुरा कार्यहरु सबैको सहयोगमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै ५ औं अधिवेशन सम्पन्न गर्न लागि पर्ने समन्वय समिति, सल्लाहकार समिति, बुद्धिजीवि, समाजसेवी सबैमा धन्यवाद प्रकट गरेका थिए । कपिल आरोग्य मन्दिर कपिलधाममा ३ सय २० जना आजीवन सदस्यहरु आबद्ध छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ र ७ को सिमाना रहेको उक्त कपिलधाम २०६८ सालमा दर्ता भएको थियो । कुल ४८ दशमलव ७५ हेक्टर क्षेत्रफल रहेको उक्त धाममा हाल संस्कृत विद्यापिठ गुरुकुल, साहित्य तिर्थ चौतारी, लुम्बिनी वाङ्मय प्रतिष्ठान, कपिल प्रज्ञा पुस्तकालय, गौशाला, प्राकृतिक चिकित्सालय लगाएतका विभिन्न आंगिक संस्थाहरु स्थापना भई संचालनमा रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८० शुक्रबार ००:००  ७ : ३१ बजे