१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

लायन्सद्वारा कपिलवस्तु महोत्सव स्थलमा रक्तदान कार्यक्रम



वाणगंगा । लायन्स क्लब कपिलवस्तु, लायन्स क्लब कपिलवस्तु दिदीबहिनी, लायन्स क्लब अफ कृष्णनगर, लायन्स क्लब कपिलवस्तु स्टार तथा लियो क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा बुद्शालामा आयाेजित १६ औँ कपिलवस्तु महोत्सव स्थलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ४१ युनिट रगत संकलन भएको महोत्सवको स्वास्थ्य शाखा संयोजक रोशन भाटले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता पाँचवटै क्लबका अध्यक्षहरूले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा १६ औँ कपिलवस्तु महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाण प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी, विशिष्ट अतिथिका रूपमा बाणगङ्गा रेडक्रस सोसाइटीका शाखा प्रमुख शंकर पाण्डे र कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

नगर क्षेत्रमा रहेका अस्पतालहरूमा रगतको अभाव भएको सूचनाका आधारमा लायन्स तथा लियो क्लबहरूले मानवतामूलक उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

रक्तदान जस्तो जीवनदायी कार्यमा उत्साहपूर्वक सहभागी भई मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुहुने सम्पूर्ण रक्तदाताप्रति लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायणप्रसाद पौडेलले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२ आइतबार ००:००  ८ : ४६ बजे