१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मेयर थापाले हस्तान्तरण गरे भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत



कपिलवस्तु ।
जाजरकोटलाई केन्द्र बिन्दु बनाएर आएको भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत सामग्री वितरण गर्न कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापा आफै प्रभावित क्षेत्र पुगेका छन।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले तलबबाट कट्टा गरेर जम्मा भएको सात लाख बराबरको राहत सामग्री खरिद गरी मेयर थापाको टोली जाजरकोटको नलगाड नगरपालिकामा बिहीबार दिउँसो पुगेका हुन्।

मेयर थापाले नलगाड नगरपालिकाका मेयर डम्मर बहादुर राउतलाई राहत सामग्री हस्तान्तरण गरेको बताए।

नलगाड नगरपालिकामा उप मेयर सहित ५६ जनाको भूकम्पबाट ज्यान गएको मेयर थापाले बताए। मेयर थापाले ३ सय थान ब्याल्ङकेट र ५ किलोको पोको रहेको २५० थान चिउरा हस्तान्तरण गरिएको थापाले बताए।

भूकम्प प्रभावित क्षेत्र मै पुगेर राहात वितरण गर्न पाउँदा आफूलाई केही भए पनि सन्तुष्टि मिलेको उनले बताए।उनले भूकम्पले जाजरकोट र रुकुम पश्चिमा धेरै धनजनको क्षति भएकाले सबैले आ आफ्नो तौरबाट प्रभावित क्षेत्रमा राहत सहितको अन्य सहयोग गर्न अपिल समेत गरे।

उता जिल्लाको बाणगंगा, कपिलवस्तु, बुद्धभूमि र कृष्णनगर नगरपालिकाले समेत भूकम्प प्रभावितलाई पाँच पाँच लाख सहयोग गर्ने निर्णय गरेका छन्।

यस्तै कांग्रेस भातृ संगठन नेबिसंघले समेत प्रभावित क्षेत्रमा खाद्यान्न सहितको राहत सामाग्री पठाई सकेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८० शुक्रबार ००:००  ५ : ४३ बजे