२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सांसद पन्थीले कपिलवस्तुको मुद्धामा गराए अर्थमन्त्रीको ध्यानाकर्षण



गिता अधिकारी, बाणगंगा।
प्रदेश सांसद विष्णु पन्थीले सरकारी काम गर्ने तौर तरिकाले हाम्रो विकास पछि परेको बताएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको शुभकामना व्यक्त गर्दै सांसद पन्थीले कपिलवस्तुको विकासका मुद्धामा मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

‘कतिपय कार्यालयहरु यत्तिकै घाम तापेर बस्ने भए, कार्यालय खडा गर्ने कुनै काम नहुने, उनले भने–बजेट विनियोजन नगरेपछि कार्यान्वयन कसरी हुन्छ । ५ वर्ष भयो, वाणगंगाको कृषि उपज केन्द्रलाई बजेट दिएको त्यसपछि आउन सकेन, करोडौं लगानी अलपत्र छ । संघले पठाउने बजेट कार्यान्वयनमा जटिलता आएको छ ।’

हामी पराम्परादेखि नै साधारण भन्दा पूँजीगत खर्च थोरै राख्ने गथ्र्यौ । त्यहि पनि पूँजीगत खर्च ढंगसँग हुन नसक्ने परिपाटी छ, जो सुकैको सरकार आएपनि पद्धती बसालेर खर्च गर्ने परिपाटी गरौं, सांसद पन्थीले भने । अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो कति त्रुटिपूर्ण रैछ । एकातिर संचालन हुन सकेको छैन भने अर्कोतर्फ चलेको अवस्थामा पनि एरो व्रिजनै नराखी ठुलो लगानीमा विमानस्थल बनेछ । ठूला लगानीलाई राम्रोसंग संचालन गर्नुपर्ने दायित्व सरकारको हो, यसतर्फ ध्यान पुगेको छैन, उनले भने ।
‘लुम्बिनी प्रदेशकै पुरानो सभ्यता भएको प्राचिन कपिलवस्तुको विकासमा सरकारको ध्यान नपुगेकोले आधुनिक शहरको अवधारणामा योजनाबद्ध तरिकाले काम गरौं । गौतमबुद्ध भन्दा पनि ६ सय वर्ष पुरानो प्राचिन कपिलवस्तुको शहरलाई पर्यटकीय शहर बनाउन लगानी सम्मेलनमा यो विषयलाई समावेश ग¥यौं, अर्थमन्त्रीको यसमा ध्यान जाओस्’ उनले भने । लुम्बिनीमा पर्यटक आउछन् जान्छन् हेरेर मात्रै पर्यटनको विकास हुदैन । लुम्बिनीमा आउने २० लाख पर्यटकलाई कपिलवस्तुमा १/२ रात बसाल्ने गरी प्राचिन कपिलवस्तुको शहरको विकासमा लगानी गरौं, सांसद पन्थीले भने ।

नेपाल घुम्न आउने भारतीय पर्यटकलाई सरकारी संयन्त्रबाट तनाव दिने, दुख दिने परिपाटी बन्द गर्नुपर्ने पन्थीले बताए । उनले सुनौली, कृष्णनगरबाट पोखरा पुग्दासम्म २५ ठाँउ बढि हुने चेकजाँचले भारतीय पर्यटकलाई मानसिक ट्रचर हुने गरेकाले यस्तो कार्य गर्ननहुने बताएका छन् ।

त्यस्तै भारतीय पर्यटकलाई २५ हजारको सिमा दिएर कसरी पर्यटनको यात्रा सम्भव हुन्छ । एउटा फेमिली २५ हजार भारु मात्र लिएर नेपाल आउने बजेट सिमाले कसरी अर्थतन्त्रमा टेवा पुग्दछ, उनले प्रश्न गरे, यसलाई सहज र सरल बनाउनुपर्दछ ।

कृषिलाई व्यवसायिक रुपमा विकास नगरेसम्म कुनै उपलब्धी नदेखिने बताएका छन् । उनले जग्गाको हदबन्दीका कारणले कृषिमा ठुलो समस्या सिर्जना भएकोे छ । कृषिमा व्यवसायिकता नहुँदासम्म कसैलाई फाइदा पुग्दैन, घाटाको कृषिले व्यवसायिकता नहुने निश्चित छ, उनले भने ।

सरकारी नीति र कर्मचारीको व्यवहारले उद्योगी व्यवसायीलाई लगानीमैत्री वातावरण नभएको बताए । सरकारको घाटी अचट्ने प्रवृतिले व्यवसायीहरु मारमा परेकाले उद्योग व्यवसाय फस्टाउन सकेको छैन, उनले भने राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण खराब छ, यसलाई बदल्नुपर्दछ ।

प्रकाशित मिति : २४ माघ २०८० बुधबार ००:००  ८ : २० बजे