४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

इन्जिनियरको नाममा चन्द्रौटामा नक्कली काम, शाह इन्जिनियरिङ्ग कन्सल्टेन्सी निलम्बनमा



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु चन्द्रौटामा नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता नभई सञ्चालन गरिएको एक कन्सल्टेन्सी कारबाहीमा परेको छ ।

शिवराज नगरपालिका वडा नं ५ का मोहम्मद हामिदले कानून विपरित शाह इन्जिनियरिङ्ग कन्सल्टेन्सीबाट सेवा दिदैं आइरहेका थिए ।

जुन कन्सल्टेन्सीलाई परिषदको बैशाख २१ गतेको निर्णय अनुसार दुई महिनाको लागि इन्जिनियरिङ्ग व्यवसाय सम्बन्धी कार्य गर्न गराउन नपाउने गरी निलम्बन गरिएको छ ।

नेपाल इन्जिरिङ्ग परिषद् नियमावली २०५७ तेस्रो संसोधन २०८० सहितको नियम २३ को उपनियम (२) बमोजिम निलम्बन गरिएको र सोहि नियमावलीको नियम २३ को उपनियम (३) बमोजिम सम्बन्धित सबैलाई जानकारीको लागि बैशाख २३ गते परिषद्ले सूचना जारी गरेको छ ।

शाह इन्जिनियरिङ्ग कन्सल्टेन्सीले विगत ५ वर्ष देखि शिवराज क्षेत्रमा व्यवसाय संचालन गर्दै आइरहेको र यस क्षेत्रमा नयाँ तथा पुराना घरनक्साको काम गर्नुका साथै ठेक्का, बैङ्क तथा वित्तीय संस्थाहरुको घर जग्गा मूल्याङ्कन गर्दै आइरहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१ बिहिबार ००:००  ८ : ०८ बजे