११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

ट्रकको ठक्करबाट कपिलवस्तुमा एक जनाको ज्यान गयो



कपिलवस्तु ।
कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको ज्यान गएको छ ।

जिल्लाकोशिवराज नगरपालिका ५ चन्द्रौटा बजार नजिकै वालापुर मोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक जलेश्वर प्रसाद थारुको मृत्युु भएको हो ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं ९ बकुलीपुर बस्ने बर्ष ५५ का थारुले मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गीता प्रसाद चौधरीले जानकारी दिए ।

बालापुर मोडमा ना ६ ख ६५६२ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१ मंगलबार ००:००  ४ : ३९ बजे