८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

मन्त्री अधिकारीद्धारा कपिलवस्तुमा ४५८ थान लालपूर्जा वितरण



कपिलवस्तु ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले चार सय ५८ थान लालपूर्जा वितरण गरेका छन् । शुक्रबार मन्त्री अधिकारीले बाणगंगा नगरपालिका वडा नं १० पटना मेचपुरी का ९६ र कपिलवस्त नगरपालिका वडा नं ७ का २२ र कुष्णनगर नगरपालिका वडा नम्बर १२ हिदयनगर का तीन सय ४० गरी चार सय ५८ थान लाल पूर्जा वितरण गरेका हुन्।

मन्त्री अधिकारीले २१ सालदेखि २८ सालसम्म देशभर नापी कार्य संचालन गरिएको र त्यसपछि छुटेका गाउँ ब्लक मिनाडी जग्गाहरु रहेको बताएका छन् ।

नापी कार्यलाई दसैँ तिहारलगत्तै पाँच टोली निर्माण गरी अभियानकै रुपमा उक्त समस्या भएका जिल्लाहरुमा नापी कार्य सम्पन्न गर्न चाहेको र एक वर्षभित्र कपिलवस्तुका सबै पालिकामा छुटेका स्थानका लालपुर्जाहरु वितरण गरिने बताउँदै जनताका समस्या समाधानमा आफु प्रतिवद्ध रहेको र भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्यालाई सुधारको लागि निर्मूल पार्ने गरी कार्य सम्पादन गर्न चाहेको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८१ शनिबार ००:००  ४ : ३९ बजे