४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

तिलौराकोट गोल्डकपः उपाधिका लागि मच्छिन्द्र र थ्रीस्टार भिड्दै



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धरंगशालामा जारी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र एफसी र थ्रीस्टार थ्रीस्टार क्लव भिड्ने भएका छन् । बुधबार दिउँसो साढे २ बजे फाइलन खेल सुरुहुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा जोङ्ग्री एफसी सिक्किमविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै मच्छिन्द्रले फाइनलमा थ्रीस्टारसंगको भेट पक्का गरेको हो ।

यसैगरी आईतबार भएको पहिलो सेमिफाईनल खेलमा संकटा एफसीविरुद्ध १−० गोलको जित निकाल्दै थ्रीस्टार फाइनलमा पुगेको हो । फाइनल खेल निकै रोमान्चक हुने अध्यक्ष थापाले बताए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।
प्रतियोगिता बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१ बुधबार ००:००  ७ : ०३ बजे