२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बालश्रममुक्त नगर घोषणाको तयारीमा बुद्धभूमि



दीपा महत, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने तयारी थालिएको छ । गतबर्स ४ ओटा वडालाई बालश्रममुक्त घोषणा गरेको नगरले यसबर्स बाकी ६ ओटा वडालाई बालश्रममुक्त गर्ने तयारी गरेको हो ।

बुधबार नगरपालिकामा सम्पन्न स्थानीय पदाधिकारीको बैठकमा बोल्दै सरोकारवालाले नगरपालिकालाई बालश्रममुक्त नगर बनाउन सबै निकायको साथ सहयोग आवस्यक पर्ने बताए । बैठकमा बोल्दै नगर प्रमुख केशब कुमार श्रेष्ठले बुद्धभुमिलाई

बाल श्रममुक्त घोषणा गर्ने अभियानमा बिगत देखि नै लागि परेको भन्दै नगरले बालश्रमको विषयलाई महत्वपूर्ण रुपमा लिएको बताए । बालमैत्री वडा बनाउने तयारीमा पनि आफुहरु लागे उनले बताए । यसअघि वडा नम्बर ५, ६, ८ र १० लाई

बालश्रममुक्त घोषणा गरिएको भन्दै बाकी ६ वटा वडालाई पनि यसै आर्थिक वर्षमा घोषणा गरिने बताए । इट्टा भट्टा, होटलहरुमा बढी बाल श्रमिक हुने हुँदा त्यसतर्फ निगरानी गर्नुपर्ने बताए ।
प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले घोषणा गरेर मात्र बस्न नमिल्ने भन्दै कतिकतै बाल श्रमिक छन कि छैनन भनेर अनुगमनका काम पनि गर्नुपर्ने बताए । नगरको सक्रियताले मात्र नहुने भएकाले हरेक साझेदार संस्थाकोे सहकार्यबाट मात्र यो काम सफल हुने बताए । बालबालिकाले जीविकोपार्जनका लागि अन्यत्र गयर काम गर्नु परेमा त्यो बाल श्रम नै हुने भन्दै नेपाल सरकारको नीति अनुरुपनै आफुले काम गर्नु पर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रोम थापले बोल्दै सबैको साथ सहयोगले वडा नम्बर ५ सहित ४ वटा वडा बाल श्रममुक्त भएको भन्दै अब नगरलाईनै बालश्रममुक्त बनाइने बताए । वडा नम्बर १, २, ३, ४, ७ र ९ गरी ६ वटा वडालाई अब बालश्रम मुक्त गराउने गरी तयारी थालिएको छ त्यसका लागि प्रत्येक वडामा २ जना गणकले बालश्रम मुक्त स्थानीय तहका लागि घरधुरी सर्बेक्षण गर्नेछन् ।
कार्यक्रममा बुद्धभूमिका जनप्रतिनिधी, विभिन्न शाखाका कर्मचारी, सुरक्षा निकायका प्रमुख, ब्यापारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
नेपालको् संबिधानको धारा ३९ (४ं) बमोजिम कुनैपनि बालबालिकालाई कलाकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने ब्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१ बुधबार ००:००  १२ : २८ बजे