मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष करुण टण्डनले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।
विद्यार्थीसंग वडा अध्यक्ष कार्यक्रममा विद्यार्थीले राखेको प्रश्नको जवाफ दिदैँ वडा अध्यक्ष टण्डनले विद्यालयको भौतिक बिकास, शिक्षाको गुणस्तर, शैक्षिक सामग्री लगायतको बिकासमा आफूले कुनै कसर बाँकी नराखी बिकास गर्ने प्रतिबद्धता जनाए ।
आफू निर्वाचित भएको तीन बर्ष पुगेको भन्दै पुरा कार्यकालभरी देखिने गरी बिकास गर्ने जनाए ।

विद्यालय प्राङ्गण भित्र बिहान ९ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ५ बजेसम्म मालबाहक सवारी चलाउन नदिने बताए । विद्यालय भित्र वा बाहिर विद्यार्थीको सुरक्षा र संरक्षण पहिलो प्राथमिकतामा रहेको उनले बताए ।
विद्यार्थीले नदीजन्य पदार्थको निकासी खुला भएको र यस क्षेत्रमा क्रशर उद्योग रहेको कारण सवारीसाधनको खतरा मोलेर विद्यालय पुग्नेपर्ने स्थिति आएको बताएका थिए ।
यसको जवाफ दिदैँ वडा अध्यक्ष टण्डनले अबको दुई दिन भित्र विद्यालय समयमा सवारी साधन रोक्ने गरी अगाडी बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
मायादेवी मिडिया सेन्टरको सहजीकरणमा भएको कार्यक्रममा लक्ष्मणघाट माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज भण्डारीले पनि विद्यार्थीले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
सोही अवसरमा विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रम अन्तर्गत ४७ विद्यार्थीहरूलाई झोला तथ ट्रयाक सुट वितरण गरिएको थियो।
कार्यक्रमका अवसरमा विद्यार्थी शिक्षकलाई करियर काउन्सेलिङ बारे मनिष मिश्राले प्रशिक्षण दिनुभएको थियो।लक्ष्मणघाट माविका व्यवस्थापन समिति अध्यक्ष हुमनाथ भट्टराई, ज्ञानोदय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सहायक प्रअ लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया