२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

पोखरीमा डुबेर किशोरको मृत्यु



तुलसीपुर।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ धरमपुर एक्कासीमा रहेको कृत्रिम जलाशयमा पौडी खेल्ने क्रममा एक जना किशोरको मृत्यु भएको छ। शनिबार पौडी खेल्ने क्रममा भूपेन्द्र विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालयल तुलसीपुरका जनाएको छ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ९ सिस्नेरी स्थायी घर भएका १६ वर्षीय विकको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार मृतक विश्वकर्मा तुलसीपुर बसोवास गर्दै आएका विश्वकर्मा साथीसँग अम्बाखोली सामुदायिक वनको हाताभित्र निर्माण भएको कृत्रिम तालमा नुहाउने क्रममा मृत्यु भएको हो।

मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८२ शनिबार ००:००  ८ : ०३ बजे