१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

भारत-पाकिस्तान युद्धविराम लागू, सोमवार दुई देशका अधिकारीबीच थप छलफल हुने



काठमाडौँ ।

भारतका विदेश सचिव विक्रम मिस्रीले पनि युद्धविरामको पुष्टि गर्दै अब स्थल र हवाई आक्रमण रोकिएको जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत-पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै भारतका विदेश सचिव मिस्रीले उक्त जानकारी दिएका हुन्।

उनले भनेका छन्, अब हवाई र स्थल हमला हुने छैन, १२ तारिख,सोमवार वार्ता हुने छ।अमेरिकाको प्रयासमा दिउँसो मध्याह्नदेखि नै भारत र पाकिस्तानका अधिकारीहरूबीच वार्ता भएको थियो। दुवै देशका अधिकारीहरूबीच सहमति भएपछि आज साँझ ५ बजेबाट युद्धविरामको घोषणा भएको हो।

प्रकाशित मिति : २७ बैशाख २०८२ शनिबार ००:००  ८ : ०८ बजे