२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

बाँकेमा गाँजासहित तीन जना पक्राउ



नेपालगन्ज ।

लागु औषध नियन्त्रणमा क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले एक क्विन्टल भन्दा बढी लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध कारोबारमा संलग्न तीन जना युवालाई एक क्विन्टल ११ किलो लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार डुडुवा–४ मा छापा मार्दा तीन जना फक्राउ परेका हुन्।

नेपालगन्ज उपमहानगरपालिका–१४ बस्ने १८ वर्षीय विनय सोनी, वडा नम्बर २२ बस्ने १८ वर्षीय आदर्श साहनी र वडा नम्बर ६ फुलटेक्रा बस्ने २२ वर्षीय दिपेस चौरासिया पक्राउ परेको उहाँको भनाइ छ।

उहाँले बाँकेको डुुडुवा ४ लालापुर्वास्थित भगिरथ खटिकको घरबाट सय किलो र राधे खटिकको घरबाट ११ किलो गरेर १११ किलो गाँजासहित कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताउनुभयो।

डिएसपी पातलीका अनसाि गाँजासहित पक्राउ परेका निकै कम उमेरका युवा रहेकोले सो कारोबारमा संलग्न अन्य मुख्य नाइकेको खोजी भइरहेको बताउनुभयो।

प्रकाशित मिति : ६ जेष्ठ २०८२ मंगलबार ००:००  ३ : ०८ बजे