मायादेवी अनलाइन, तौलिहवा ।
प्रदेशसभा सदस्य मिना कुमारी श्रेष्ठले महिलालाई प्रजनन् स्वास्थ्यप्रति सचेत बनाउनुपर्ने बताएकी छन् । श्रेष्ठले स्वास्थ्यनै सबै भन्दा अमुल्य सम्पती भएकाले यसबारे महिलालाई अझ बढी सचेत बनाउनु पर्नेमा जोड दिएकी हुन् ।
बुधबारबाट तौलिहवामा सुरु भएको मुस्लिम महिलाहरुका लागि ३ दिने प्रजनन् स्वास्थ्य सम्बन्धी तालिमको उद्घाटन गर्दै सांसद श्रेष्ठले मुस्लिम समुदायका महिलालाई स्वास्थ्य सम्बन्धी शसक्तीकरण जगाउन यो तालिमले मद्दत मिल्ने बताइन् । विभिन्न कारणले पछाडी परेका मुस्लिम समुदायका महिलालाई बाहिर ल्याउनुपर्ने भन्दै यसका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहने बताइन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले कपिलवस्तु स्वास्थ्यको क्षेत्रमा पछाडी रहेको भन्दै प्रजनन स्वास्थ्य सम्बन्धी तालिमले महिलालाई स्वास्थ्यप्रति सचेतना बढाउने बताए ।
अझैपनि जिल्लामा घरमै प्रसुती हुनेगरेको भन्दै यसले विभिन्न जोखिम निम्त्याउने गरेको बताए । घरमै प्रसुती गराउदा मातृमुत्युदर बढ्ने, आमाको अकालमै ज्यान जाने गरेको भन्दै यस तालिम पश्चात घरमा हुने प्रसुती विरुद्ध अभियान चलाउने बताए ।
पछिल्लो समय उमेर नपुगी विवाह गर्ने, बच्चा जन्माउने लगाएतका समस्या रहेको भन्दै तालिम संचालन गरिएको बताए । तालिम पश्चात सहभागि महिलालाई सिप सिकाएर आयआर्जनमा जोडने भन्दै सक्रिय रुपमा सहभागी हुन आग्रह गरे । कार्यक्रममा मुस्लिम सशक्तीकरण केन्द्रका अध्यक्ष इद्रिस मोहम्मद मुसलवान, मुस्लिम सशक्तीकरण केन्द्रका सचिव कनिज फातम, राप्रपा कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंह लगाएतको उपस्थिती रहेको थियो ।

महिलाहरुलाई सुरक्षीत मातृत्वका साथै प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराउन तालिम संचालन गरिएको कार्यक्रमका फोकल पर्सन डिलाराम भुसालले बताए । उनले स्वास्थ्य सचेतनाका लागि यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै तालिम संचालनका लागि पहल गर्दै बजेट बिनियोजन गराउने सांसद मिना कुमारी श्रेष्ठलाई धन्यवाद दिए । ३ दिनसम्म संचालन हुने तालिममा जनस्वास्थ्य अधिकृत गरिमा घिमिरे, मधु चौधरी र अ.हे.व सलमा अनसारीले प्रजनन स्वास्थ्य सम्बन्धी सहजीकरण गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना र मुस्लिम शसक्तीकरण केन्द्रको समन्वयमा सुरु भएको उक्त तालिममा ३० मुस्लिम महिलाको सहभागिता रहेको छ तालिम बैशाख ९ गतेसम्म संचालन हुने कार्यक्रमका फोकल पर्सन डिलाराम भुसालले बताए ।
प्रतिक्रिया