२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

सुर्खेत विमानस्थलमा जमिनमुनिबाट पानी निस्किएपछि शनिवारसम्मका लागि बन्द



काठमाण्डौ ।

सुर्खेत विमानस्थलमा जमिनमुनिबाट पानी निस्किएपछि शनिवारसम्मका लागि बन्द गरिएको छ ।

विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि अस्ति मङ्गलवारदेखि बन्द गरेर निर्माण गरिरहँदा अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि शनिवारसम्मका लागि विमानस्थल बन्द गरेको विमानस्थलका प्रमुख हिराजन काफ्लेले जानकारी दिनुभयो ।

अहिले पानी देखिएको ठाउँलाई पुर्ने काम गरे पनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२ बिहिबार ००:००  ५ : ३३ बजे