दिपा महत, तौलिहवा ।
कपिलवस्तुमा सडक दुर्घटना बढ्न थाले पछि दुर्घटना न्यूनिकरणका लागि कपिलवस्तु प्रहरीले नँया प्रयास थालेको छ । दुर्घटना र यसबाट भैरहेको जनधनको क्षतीलाई न्यूनिकरण गर्दै ट्राफिक नियमलाई चुस्तदुरुस्त बनाउन भन्दै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीको नम्बर प्लेट स्पष्ट देखिएको भिडियो खिचेर आफुहरुलाई पठाउन आम नागरिक सबैमा आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक सुचना जारी गर्दै ट्राफिक नियम उल्लङ्घन गरेका जुनसुकै सवारी साधनको पनि फोटो वा भिडियो खिचेर पठाउन आग्रह गरेको हो ।
जनता पनि बिना बर्दीको प्रहरी भएको भन्दै प्रहरी उपरिक्षक निरजन दत्त भट्टले ट्राफिक ब्यस्थापनलाई चुस्त बनाउन सहयोग गर्न आग्रह गरे ।
जनताले पठाएको भिडियो तथा फोटोका आधारमा उक्त सवारी साधनलाई कारवाही गरिने भन्दै सुचना दिने ब्यक्तीको परिचय भने गोप्य राखिने भट्टले बताए ।
यस्तो छ प्रहरीको सुचना








प्रतिक्रिया