२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु



कपिलवस्तु ।

गोटीहवा- कुदान सडक अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ कुदान नजिकै पोलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबार साँझ साढे ६ बजेतिर गोटिहवाबाट कुदानतर्फ आउँदै गरेको लु ४१ प ६०१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतीय पोलमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ४ डालपुरका ३६ वर्षीय सुरेन्द्र यादवको मृत्यु भएको हो।

जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेको अनुसार गम्भीर घाइते यादवको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : १० जेष्ठ २०८२ शनिबार ००:००  ४ : २० बजे