२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

कृष्णनगरबाट स्रोत नखुलेको ५ लाख भारतीय रकमसहित एक जना पक्राउ



कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ ट्रान्समिटर नजिकै स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्। प्रहरीले पैदल हिँडिरहेको अवस्थामा खानतलासी गर्दा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० रानीवनका ४३ वर्षीय रामकुमार तोलाङ्गी सो रकमसहित पक्राउ परेका हुन्।

झोलाभित्र राखिएको भारतीय ५०० का १० गड्डी नोटसहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए। उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए।

यस्तै, प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ। कृष्णनगर नगरपालिका–६ भिल्मी चोकबाट १५० किलो चिनी, महाराजगंज नगरपालिका–९ कुशाहवा बढनीमा दुईवटा मोटरसाइकलमा ल्याइरहेको अवस्थामा ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा ब्रोइलर कुखुरा, १९ प्याकेट पार्ले जी बिस्कुट बरामद गरी भन्सार चलान गरिएको लौडारीले बताए।

प्रकाशित मिति : ११ जेष्ठ २०८२ शनिबार ००:००  ४ : २८ बजे