काठमाण्डौ ।
यस वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा र तापक्रम हुने प्रक्षेपण सार्वजनिक भएसँगै खेतीपाती राम्रो हुने आशा बढेको छ । तर वर्षा र तापक्रम बढ्दैमा खेतीपाती राम्रो हुन्छ भन्ने नरहेको विज्ञहरूले बताएका छन् ।
जलवायु विपद् विज्ञ डा। धर्मराज उप्रेती मनसुनी वर्षा जुन रूपमा हुनुपर्ने हो त्यही रूपमा भए कृषि प्रणालीलाई फाइदा पुग्ने भए पनि छोटो समयमा धेरै पानी पर्ने र लामो समय पानी रोकिने भएमा कृषिमा नकारात्मक असर पर्ने बताउनुहुन्छ ।
यस वर्ष औसत वर्षासँगै औसत तापक्रम पनि बढ्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ । औसतभन्दा बढी पानी परेर खाल्डाखुल्डीमा पानी जम्ने र पानी रोकिएसँगै बढ्ने तापक्रमका कारण ती खाल्डाखुल्डी डेङ्गी उत्पादन गर्ने उद्योगका रूपमा परिणत हुन सक्छन् ।
यसपालि उत्तरी क्षेत्र अर्थात् उच्च भूभागमा पनि औसतभन्दा धेरै पानी पर्ने र तापक्रम बढ्ने अनुमान छ । यसले माटो बगाएर ल्याउने, नदी थुनिने र फेरि फुट्ने, नदी थुनिँदा त्यसले ठूलो तालको रूप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने डा। उप्रेतीको भनाइ छ ।







प्रतिक्रिया