२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश



काठमाडौँ ।
सर्वोच्च अदालतले यातायात क्षेत्रमा हडताल नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

बुधवार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउँदै हड्ताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमवलीविरूद्ध देशव्यापी आन्दोलन सुरू गरेको थियो।

उक्त आन्दोलन विरुद्ध अधिवक्ता विवेक पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : २१ जेष्ठ २०८२ बुधबार ००:००  ७ : ३७ बजे