३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

अमेरिकामा ४ जना नेपाली मृत फेला



काठमाण्डौ ।
अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका हुन् ।

ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् । उनीहरुको गोली लागेर ज्यान गएको पाइएको छ । मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

एनबीसी वासिङ्टन ९न्यूज ४० का अनुसार घटनापछि छिमेकीले मृतकहरू झन्डै छ महिना अघि त्यहाँ बसाइ सरेर पुगेको जानकारी दिएका छन् । घटनाको अनुसन्धान चलिरहेको र थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२ शनिबार ००:००  ९ : ५४ बजे