बुटवल ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पार्टी माधव कुमार नेपाल पतञ्जलीको जग्गा प्रकरणमा नमुछिएको दावी गरेका छन् ।
उनले आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर, अख्तियारले दावी गरेजस्तो अनियमिततामा संलग्न नरहेको प्रष्टाए ।
गृहजिल्ला रूपन्देहीको तिलोत्तममा पार्टी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव भूसालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपि शर्मा ओलीले अख्तियारले नै तामेलीमा राखिसकेको मुद्वालाई बदलाको भावनाले अगाडि बढाईएको बताए ।
‘ओली जि आफ्ना विरोधीलाई ८४ सम्म सकाउन लाग्नुभएको छ, त्यहि शिलशिलाका रूपमा पार्टी अध्यक्षमाथि बदलाको स्वरूप मुद्वा चलाईएको हो’ उनले भने ।
उनले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्षमाथि पनि त्यहि नियति दोहरिएको बताए । ‘८४ सम्म एमाले र काँग्रेसका मात्रै उम्मेद्वार हुने वातावरण बनाउन खोजिएको छ, त्यो पूरा हुदैन’ उनले भने ।
उनले पार्टीमाथि भएको आक्रमणलाई चिर्न अनुरोध गरे । उनले वर्तमान नेतृत्व असफल हुदा मुलुकमा निराशा देखिएको बताउदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल ऐजेन्डा हुनुपर्ने बताए ।
उनले वर्तमान सरकारकै कारण सडकमा पुनरउत्थानवादी शक्ति देखिएको बताए ।
प्रतिक्रिया