गुल्मी ।
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको छ ।
पहिलो चरणमा रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न शुरू गरेको मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी एवम् इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो ।
रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही वर्षको फागुन २५ गतेसम्म कालोपत्र गर्ने काम सक्ने लक्ष्य छ ।
निर्माण कम्पनीले रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार क्षेत्रमा ुग्रेड कटिङु र मोड सुधारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । यसका लागि २०७९ फागुन २६ गते समानान्तर–एलाइट जेभीसँग १ अर्ब ५० करोड रुपैयाँको सम्झौता भएको थियो ।
प्रतिक्रिया