१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो



चितवन ।
पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो।

गएराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

प्रकाशित मिति : ३ असार २०८२ मंगलबार ००:००  ८ : २४ बजे