२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बाढी र पहिरोले पाँच वटा सडक अवरुद्ध, तीन वटा एकतर्फी



काठमाण्डौ ।
बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँका पाँच वटा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ ।

यस्तै डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–गलंगा हाइवे सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

यसैगरी धनकुटाको रवि राके भेडेटार सडक, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडक खण्ड एकतर्फी बनेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८२ बुधबार ००:००  १ : ४९ बजे