काठमाडौँ ।
उपत्यकाका नदीनालामा जलसतह बढेको छ । बिहीबार बेलुकादेखिको लगातारको वर्षापछि बागमती, धोबीखोला लगायत नदीनालामा जलसतह बढेको हो ।
कुपन्डोल, कपन र अनामनगरसहितका कतिपय ठाउँमा खोला भरिएर सडकसमेत जलमग्न बनेका छन् । त्यसका कारण करिडोरका सडकमा यातायात सञ्चालन र सर्वसाधारणलाई आवतजावतमा समस्या निम्तिएको छ ।
शुक्रबार साँझ धोविखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस वर्षको मनसुन प्रणाली शुक्रबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको छ ।
प्रतिक्रिया