२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

विजयनगर गाउँपालिकाले ल्यायो ६६ करोड ४८ लाखको बजेट



विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६६ करोड ४८ लाख ४६ हजार ७ सय २७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको दोस्रो सभाको सातौँ अधिवेशन (वर्षे अधिवेशन) बाट सर्वसम्मतले नीति तथा कार्यक्रमहरु ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष तथा सभा उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले निति तथा कार्यक्रमहरु प्रस्ततु गर्दै गाउँसभाले ल्याएका बजेटलाई कार्यान्वयनमा जोड दिने बताइन् ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समृद्ध गाउँपालिका बनाउने हिसाबले लागेको बताए । चौतर्फी विकासमा समानुपातिक ढंगले अगाडी बढेको उनले जिकिर गरे ।

गाउँपालिकाले विनियोजन विधेयक र आर्थिक विधेयक-२०८२ गाउँसभामा पेस भएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८२ बुधबार ००:००  ६ : ३५ बजे