२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

रुपन्देहीको योगीकुटीमा आगलागीपछि अवरुद्ध विद्युत शुरू



काठमाण्डौ ।

रुपन्देहीको तिलोत्तमा योगीकुटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागीपछि अवरुद्ध विद्युत शुरू भएको छ ।

गएराति विद्युत् सर्ट भएर झन्डै एक घण्टा विद्युत अवरुद्ध भएको थियो । सबस्टेशनमा आगलागीपछि अवरुद्ध विद्युत शुरू भएको नेपाल विद्युत प्राधिकरण लुम्बीनी प्रादेशिक कार्यालयले जनाएको छ ।

आगलागी भएको एक घण्टामा नै विद्युत आपूर्ति सहज भएको कार्यालयका प्रमुख शम्भु कुशियत यादवले जानकारी दिनुभयो । आगो तत्कालै निभाउन सकिएकाले ठूलो क्षतिबाट जोगिएको थियो । 

प्रकाशित मिति : ११ असार २०८२ बुधबार ००:००  ६ : ४३ बजे