२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डीएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन



काठमाण्डाै ।

सप्तरीमा बलात्कार मुद्दामा सफाइ पाएको व्यक्तिले भोलिपल्टै प्रहरी नायब उपरीक्षक (डीएसपी) निवासमा पार्टी गरेको घटनाकाे छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ ।

छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सप्तरीमा बलात्कार मुद्दामा राजविराज नगरपालिका–६ का आकाश आदर्शले सफाइ पाएको र सफाइ पाएको भोलिपल्टै डीएसपी क्वार्टरमा आयोजित एउटा पार्टीमा सहभागी भएको भन्ने खबरबारे आज राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई प्रश्न गर्नुभएको थियो । जवाफमा आइजीपी थापाले छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभएको थियो ।

प्रकाशित मिति : ११ असार २०८२ बुधबार ००:००  ६ : ४१ बजे