मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयरनगर गाँउपालिकाका अध्यक्ष गोपाल थापा मगरले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाँउपालिकाको समन्वयमा भएको स्वास्थय सेवा प्रवाहबारे अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । अस्पताललाई थप सुबिधा सम्पन्न बनाउन कार्यपालिकाको बिशेष ध्यानाकर्षण भएको भन्दै आगामी आवको साउन देखी आँखा सेवा युनिट सञ्चालन गर्ने योजना रहेको बताए । पालिकामा हाल सम्म तिन वटा बर्थिगं सेन्टर सञ्चालनमा ल्याईएको भन्दै स्वास्थ्य चौकी नभएको वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नियमित खोप र गर्भवती परिक्षणको क्षेत्रमा काम भैरहेको जानकारी गराए । अध्यक्ष थापाले भने, ‘पालिकामा स्वास्थ्यमा क्षेत्रमा उदाहरणीय कार्य गर्ने कर्मचारी, स्वयंसेवकको मुल्याकंन र प्रोत्साहनलाई प्राथमिकतामा राखेको छौ, महिला स्वास्थ्य स्वंसेविकालाई बार्षिक २५ हजार प्रोत्साहन रकम दिदै आएका छौ, जुन जिल्लाभरमै सबै भन्दा बढि हो । आमा सुरक्षा, शिशु सुरक्षा र पालिकाको स्वास्थ्यको सुचक बृद्धिमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको भुमिका उदाहणीय छ ।’

यस्तै स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले पालिकाले जनताको स्वास्थ्य बिमा ५० प्रतिशत छुटमा गरिदिएको भन्दै जनताको औषधीउपचारको कामलाई प्रभावारी बनाएको बताए । एक तथ्यांकले करिब ५० प्रतिशत किशोरीमा रक्तअल्पता देखिएकाले उनिहरुका लागि रक्तअल्पता निवारण तथा उपचार कार्यक्रमलाई पहिलो प्राथामिकतामा राखेर काम गरिरको बताए । स्थानीय नागरिकबाट आएका गुनासोलाई सम्बोधन गर्दै काम गर्ने प्रतिबद्धता जनाए ।

यस्तै आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. युवराज अधिकारीले अस्पताल सञ्चालनमा आए पछि पाँच महिना यता २ जना मेडिकल अधिकृतबाट सेवा प्रवाह गरिएको बताए । अस्पतालमा जनरल ओपिडी सेवा प्रदान गर्दै आएको भन्दै ईमरजेन्सी सेवालाई २४ घण्टानै दिईदै आएको भन्दै एकहप्ता अघि मात्र अस्पतालमा एक्सरे सेवा सञ्चालनमा आएको जानकारी दिए । अस्पतालको संरचना शल्यक्रिया (अप्रेसन) गर्न सक्ने हिसाबको भएकाले आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गरेर सेवा प्रवाहलाई थप सुदृढ बनाउन सकिने बताए ।

गणेशपुर आयुर्वेदिक औषधालयका प्रमुख बिमला चौधरीले औषध्यालयबाट १० हजार बढिले ओपीडी र १ हजार २ सय बढिले पञ्चकर्म सेवा लिने गरेको भन्दै मातृ शिशु सेवा प्रबद्र्धन गर्न दुग्धबर्धक जडिबुटी, सुत्केरी महिलालाई जडिबुटी र ६५ बर्ष भन्दा बढि उमेरका जेष्ठ नागरिकलाई रसायन युक्त औषधी निशुल्क बितरण गरिदै आएको बताइन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले बिजयनगर गाउँपालिकाको स्वास्थ्यको क्षेत्रमा धेरै राम्रा प्रयासहरु भएको भन्दै वास्थ्यका सुचकहरु बृद्धि गर्न सबैको भुमिका महत्वपुर्ण रहने ओल्याए ।
कार्यक्रममा स्थानीय गौरम कुमार यादवले बिगतमा स्वास्थ्य केन्द्रहरुमा अल्ट्रासाउण्डको सेवा भएपनि एक बर्ष यता सो सेवा नभएको भन्दै अस्पतालमा उपकरणको उपलब्धता सुनिश्चित गर्न माग गरे साथै निशुल्क एम्बुलेन्स सेवा गर्भवती महिलालाई मात्रै नभई अन्य बिरामी र घाईतेलाई प्रदान गर्न सुझाव दिए । यसैगरी महिला स्वास्थ्य स्वयंसेविका तिलकुमारी अधिकारी, दुर्गावती पाण्डेय र दुर्गावती देवी मिश्राले आफुहरुलाई थप प्रोत्साहन गर्दै स्वास्थ्य चौकीहरुमा प्रयाप्त पुर्वाधारको ब्यवस्थागर्नुपर्ने बताएका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अधयक्षता, उपाध्यक्ष खग प्रसाद चापागाईको स्वागत मन्तब्य र उपाध्यक्ष दिपा महतको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विजयनगर गाँउपालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी, स्वयमसेविका, आमासमुहका प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया