१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने, स्पेन भ्रमणबारे जानकारी गराउने



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले आजै साँझबाट सुरु हुने आफ्नो स्पेन भ्रमणका बारेमा संसदलाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उनी संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्पेन प्रस्थान गर्दैछन्।

प्रकाशित मिति : १४ असार २०८२ शनिबार ००:००  ९ : ४३ बजे