कपिलवस्तु ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कपिलवस्तु जिल्लाबाट १६ विद्यार्थीले चार जिपिए ल्याउन सफल भएका छन् । जिल्लाबाट यस पटक ६२ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका निमित्त इकाई प्रमुख अर्जुन कुँवरका अनुसार जिल्लाभरबाट ५ हजार ३ सय ५ विद्यार्थी उत्तिर्ण भएका छन् । कपिलवस्तुमा यस वर्ष साधारण, प्राविधिक तथा ग्रेडबृद्धि गरी ८ हजार एक सय ७१ जना परिक्षामा सहभागी भएका थिए । जसमा ३ हजार नौ सय ५६ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ ।
कपिलवस्तुमा ४ जिपिए ल्याउने सबै विद्यार्थी बाणगंगा नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी हुन् ।
कपिलवस्तुमा ३.६ देखि ४ जिपिए ल्याउने ६ सय ९२ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने १ हजार एक सय ७९ जना, २.८ देखि ३.२ जिपिए ल्याउने १ हजार पाँच सय ६४ जना, २.४ देखि २.८ जिपिए ल्याउने एक हजार ४६ जना, र २.० देखि २.४ जिपिए ल्याउने १३४ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया