११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ



काठमाडौँ।
नेपाल प्रहरीले आर्थिक वर्ष २०८१-८२ को जेठ महिनामा देशभरबाट फरार रहेका २ हजार ६ सय ३८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार यी प्रतिवादीहरू अदालतबाट फैसला भइसकेका तर फरार रहेका थिए। उनीहरूलाई समातेर अदालतको फैसला कार्यान्वयन गराइएको हो।

प्रहरी मुख्यालयले सार्वजनिक गरेको विवरण अनुसार, पक्राउ पर्नेमा कोशी प्रदेशबाट २ सय ४१ जना, मधेसबाट ६ सय ९४, गण्डकीबाट १ सय ३३ जना रहेका छन् भने कर्णाली प्रदेशबाट ५९ जना रहेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट ७९ जना, बागमती प्रदेशबाट २ सय ९२ जना र लुम्बिनी प्रदेशबाट ४ सय जना रहेका छन् ।

त्यसैगरी, केन्द्रीय अनुसन्धान ब्यूरोले ११ जना प्रतिवादी पक्राउ गरेको छ भने काठमाडौँ उपत्यकाबाट सबैभन्दा धेरै ७ सय २९ जना पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरूमाथि अदालतले २० करोड ६२ लाख ५९ हजार ३ सय ७२ रुपैयाँ बराबरको जरिवाना, क्षतिपूर्ति वा अन्य आर्थिक दायित्व तोकेको थियो।

प्रकाशित मिति : १७ असार २०८२ मंगलबार ००:००  ६ : ५६ बजे