दिपा महत, चन्द्रौटा ।
लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले २४ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा मंगलबार बिन्ध्याबासिनी ५ नम्बर बाहिनी चन्द्रौटामा बृक्षारोपाण गरिनुका साथै उत्कृष्ट महिला सशस्त्र जवानलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका उप सभामुख मेनुका खाँड केसीले सशस्त्र प्रहरी परिवार महिला संघले महिला वर्गको सशक्तीकरण, देशमा आइपर्ने विभिन्न चुनौती तथा विपदको समयमा प्रभावकारी ढंगबाट सामाजिक कार्य गर्दै आएको बताउनुभयो । सशस्त्र प्रहरी परिवारका महिलाको हकहित र अधिकारका लागि सामाजिक सहयोग, राष्ट्रिय सेवा, महिला सशक्तीकरणलाई अझ सशक्त बनाउने उद्देश्यका साथ संघ स्थापना भएकोमा सोही अनुरुपको कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।
बाघको आक्रमणबाट घाईते भएका बर्दियाका ७ बर्षिय सिर्जन थारुलाई मावि तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता गरेकोमा संघलाई धन्यवाद दिनुभयो । सशस्त्र प्रहरी महिला संघ नाफामुलक नभई सेवामुलक संस्था भएको भन्दै यस्को सदस्य बन्न पाउनुपनि आफैमा गौरवपूर्ण भएको बताउनुभयो ।

सुरक्षा निकाय नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारको क्षेत्रमा आफुलाई समर्पित गरेर अगाडी बढेकाले उनीहरुको श्रीमतीको रुपमा संगठित भई आफुलाई समाजसेवामा समर्पित गरेको बताउनुभयो । ईतिहासलाई फर्केर हेर्दा देशको सार्वभौम सत्ता रक्षा तथा राष्ट्रिय स्वाधिनता रक्षाको संगै देशको अवस्था र ब्यवस्था परिवर्तनको लागि महिलाको भूमिका अतुलनीय रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष तारा देउवाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उहाँले आगामी दिनमा पनि संघले सामाजिक तथा महिला सशक्तीकरणका कार्य गर्दै जाने बताउनुभयो । देउवाले संघले विपन्न, जेहेन्दार तथा शिक्षाबाट बन्चित ब्यक्तीलाई निःशुल्क शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका उप सभामुख मेनुका खाँड केसीलाई सलामी अर्पण गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेशका उप सभामुख केसी, संघका अध्यक्ष तारा देउवा, शसस्त्रप्रहरी नायव महानिरिक्षक दिपेन्द्र कुँवर, शिवराज नगर पालिकाका उपप्रमुख शिव कुमारी चौधरीले बृक्षारोपण गर्नु भएको थियो ।




बाघको आक्रमणबाट घाइते थारुलाई निःशुल्क शिक्षा
यसैबीच २०८१ चैत्र २० गते बर्दियाको गुलरिया ३ बालापुर बस्ने ७ वर्षीय सिर्जन थारुलाई हजुरआमासंग खेल्नेक्रममा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएका सिर्जनको घाटीमा गहिरो चोट लागेको छ । सिर्जनको उपचार खर्चसंगै उनलाई माविसम्म निःशुल्क छात्रावृत्तीसहितको शिक्षा प्रदान गर्ने लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले प्रतिवद्धता जनाएको छ ।

सिर्जनका बुबा उमेस थारुलाई संघकी अध्यक्ष तारा देउवाले प्रतिबद्धतापत्र सहित नगद ५ हजारले सम्मान गर्नुभएको थियो । संघले छोरालाई निःशुल्क शिक्षाको घोषणा गरेसंगै आफुलाई सहज हुने उमेसले बताउनुभयो । आफुहरुको आर्थिक अवस्था कमजोर रहेको भन्दै छोरालाई निःशुल्क शिक्षा प्रदान गराउने प्रतिबद्धता गरेकोमा लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उत्कृष्ट कर्मचारी सम्मानित
वार्षिकोत्सको अवसरमा संघले महिला सशस्त्र प्रहरी जवानलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी हवल्दार खुमा केसी, जसुता भण्डारी, सशस्त्र प्रहरी सहायक हवल्दार धनमाया रास्कोटी, सशस्त्र प्रहरी जवान सुस्मा चौधरी, पुष्पा विक र स.प्र.प कुन्ति हेलाडोमलाई उत्कृष्ट कार्य गरेकोमा प्रशंसापत्र सहित शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले सम्मान गर्नुभएको थियो ।



यस्तै माइती नेपाल रुपन्देहीका माया क्षेत्री, शान्ति पुर्नस्थापना बर्दियाका सपना शर्मा, यातायात ब्यवसायी अमृता भुजेललाई प्रमुख अतिथी उपसभामुख मेनका खाँडले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा २८ नम्बार गण हेडक्वाटर कपिलवस्तुका सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसी, ४१ नंम्बर रिजर्भ गण हे.क्वा कपिलवस्तुका गणपति गुणराज न्यौपाने, २६ नं गण हे.क्वा पश्चिम नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक सन्तोष रायमाझी, स.प्र.उ मनोज कुमार धिताल, चेतराज जोशी लगाएत सशस्त्र प्रहरी जवान, समाजसेवी, जनप्रतिनिधी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो कार्यक्रममा सशस्त्र प्रहरी जवानले स्वागत नाच संगै सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक कोइरालाले गर्नुभएको थियो ।
प्रतिक्रिया