२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

लुम्बिनीसहितका यी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं ।
आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यसैगरी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

यो प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।

मधेश प्रदेशमा भने तुलनात्मक रुपमा कम पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम औंल्याएको छ ।

साथै शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुने, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने पनि सम्भावना औंल्याएको छ ।

त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सबै सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २० असार २०८२ शुक्रबार ००:००  ७ : ४८ बजे