२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

राष्ट्रिय युवा संघ कपिलवस्तुका अध्यक्ष गिरीद्धारा जन्मदिनमा बालगृहलाई सहयोग



मायादेवी अनलाइन, कपिलवस्तु ।

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष तिलक गिरीले आफ्नो जन्मदिनको अवसरमा परोपकारी काम गरेका छन्। जन्मोत्सवमा उनले कपिलवस्तु बालगृहमा अध्ययनरत विद्यार्थीहरूका लागि खाद्यान्न सहयोग उपलब्ध गराएका हुन् ।

जन्मदिनलाई सामाजिक कार्यमा रूपान्तरण गर्ने उद्देश्यले बालगृहमा अध्ययनरत बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि आफूले सक्दो सहयोग गरेको तिलक गिरीले बताए ।

बाणगंगा ७ निवासी गिरीले १५ हजार बराबरको खाद्यान्न कपिलवस्तु बालगृहका अध्यक्ष गोपाल ज्ञवालीलाई हस्तान्तरण गरेका हुन्।
युवा समाजसेवी गिरीले चामल, दाल, तेल लगाएतका खाध्यन्न प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २२ असार २०८२ आइतबार ००:००  ८ : ५६ बजे