२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

तीन लाख घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा



काठमाडौं ।
रूपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव तीन लाख घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपीनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए। सोही क्रममा विपीनकुमार पाण्डेयमार्फत् तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए। दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए।

प्रकाशित मिति : २४ असार २०८२ मंगलबार ००:००  ६ : १० बजे