१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अमेरिकाको टेक्सासमा बाढी अपडेटः ज्यान गुमाउने सङ्ख्या १ सय ४ पुग्यो



एजेन्सी ।

अमेरिकाको टेक्सासमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार धेरै मानिस अझै हराइरहेका छन् । ज्यान गुमाउनेहरूमा क्याम्प मिस्टिक नामक ख्रीष्टियन बालिकाहरूको ग्रीष्मकालीन शिविरका २७ बालिका र कर्मचारी पनि छन् ।

अझै १० बालिका र एक जना शिविर परामर्शदाता हराइरहेका खबरमा उल्लेख छ । उनीहरुको खोजीका लागि उद्धारकर्मी खटिएका छन् । अमेरिकी मौसम सेवामा भएको बजेट कटौतीलाई यो घट्नासँग जोडेर अमेरिकी सरकारको आलोचना भइरहेको छ । तर ह्वाइट हाउसले आलोचनालाई अस्वीकार गर्दै यस घटनालाई प्राकृतिक प्रकोप भनेको छ ।

प्रकाशित मिति : २४ असार २०८२ मंगलबार ००:००  १० : ४० बजे