२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बाढीअघि, बाढीको समयमा र बाढीपछि के कुरामा ध्यान दिने ?



काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभागले बाढीअघि, बाढीको समयमा र बाढीपछि अपनाउनुपर्ने उपायहरूको बारेमा सुझाव दिएको छ ।

विभागका अनुसार बाढी आउनुअघि सुरक्षित ठाउँहरु पहिचान गर्ने र आपतकालीन सम्पर्क नम्बरहरू लेखेर राख्ने गर्नुपर्छ ।

बाढीको बेलामा तुरुन्त सुरक्षित ठाउँमा जान, खोलाको छेउ वा पुलबाट टाढा रहन तथा आवश्यकता परे सहयोगका लागि सम्पर्क गर्न विभागको सुझाव छ ।

यस्तै बाढीपछि प्रशासन या सुरक्षाकर्मीको स्वीकृति लिएर मात्र घर फर्कन, घरको संरचना र बिजुलीका तार जाँच्न तथा फोहोर सफा गर्न आवश्यक रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२ बिहिबार ००:००  ९ : ४४ बजे