३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025

राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्धार



काठमाडौँ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा बुधबार एक्कासि आएको बाढीको कारण बिच टापुमा फसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरूको अवस्था भने सामान्य रहेको सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८२ बिहिबार ००:००  ९ : ४९ बजे