१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

यूएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी



काठमाण्डौ ।

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० जना नेपालीलाई आममाफी दिएको छ ।

विभिन्न कसूरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई यूएई सरकारले आममाफी दिएको नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

यूएई सरकारको यो निर्णयप्रति नेपाली दूतावासले आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२ बिहिबार ००:००  १२ : २३ बजे