२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

गएकाे आर्थिक वर्षमा वैदेशिक राेजगारीका लागि ८ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए



काठमाण्डौ ।

गएको आर्थिक वर्ष २०८१-८२ मा वैदेशिक रोजगारीका लागि ८ लाख जनाभन्दा धेरै श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागले आज पत्रकार सम्मेलन गरी गएको आर्थिक वर्षमा ८ लाख ३९ हजार २ सय ६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका जानकारी दिएको हो । विभागका अनुसार श्रम स्वीकृति लिनेहरूमा ७ लाख ४४ हजार ८ सय ११ जना पुरुष र ९४ हजार ४ सय ५५ जना महिला छन् ।

मुख्य १० श्रम गन्तव्य देशहरूमा संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, कुवेत, मलेशिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराइन रहेका छन् ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विगत पाँच वर्षमा ३५ लाख १६ हजार ९ सय ६५ जनाले श्रम स्वीकृति लिएका जानकारी दिनुभयो । १ हजार ६ सय ८७ संस्थाले इजाजत प्राप्त गरेकोमा २०८२ असार मसान्तसम्म २ सय १२ वटा संस्था नवीकरण भएका पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २ श्रावण २०८२ शुक्रबार ००:००  ९ : ५१ बजे