२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

नदीमा पुल नहुँदा हुम्ला हुँदै मानसरोवर जाने पर्यटकलाई सास्ती



काठमाडौं ।

हुम्लाको नाम्खा गाउँपालिका ६ तम्लिङमा पुल नहुँदा मानसरोवर दर्शन गर्न जाने पर्यटक र ओहोरदोहोर गर्ने स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।

नाम्खा हुँदै लिमि लाप्चा दर्शन गर्न जाने पर्यटकहरूले सास्ती व्‍यहोर्नु परेको छ भने सवारी साधन नदीमा फस्ने गरेको हो ।

शनिबार नाम्खा गाउँपालिका( ६ तम्लिङमा पुल नहुँदा एक रात नदीमै गाडी फसेको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उनले भने, ‘ यहाँका नदीनालामा पुल नहुँदा यात्रा गर्ने पर्यटकलाई सास्ती त छदैछ। गाडीहरू पनि नदीमा फसिरहेका छन्।ट्रकले नदी पार गर्न सके पनि बलेरोलगायतका साना सावरीहरूलाई खोला नदी तर्न गाह्रो भइरहेको छ।’

उनले यहाँका स्थानीयहरू पनि ज्यान जोखिममा राखेर नदी तर्न बाध्य रहेको गुनासो गरे । ‘हामी पनि यहाँ आफ्नो ज्यान जोखिममा राखेर नदीमा वारपार गर्न बाध्य छौं।’ उनले गुनासो गरे ।

उनका अनुसार लिमि लाप्चा भूमिबाट मानसरोवर कैलाश दर्शन गर्न बर्सेनि आउजाउ गर्छन्।

प्रकाशित मिति : ५ श्रावण २०८२ सोमबार ००:००  ६ : ०६ बजे