एजेन्सी ।
फिलिपिन्समा आँधीसँगैको वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको छ । फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले तीमध्ये १३ जनाको ज्यान गएको पुष्टि भइसकेको र अरूको पहिचान प्रक्रिया चलिरहेको जनाएको छ ।
यस्तै, सात जना अझै हराइरहेका छन् । उनीहरु एक्कासी आएको बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशङ्का गरिएको त्यहाँको विपद् परिषद्लाई उद्रीत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
वर्षा, बाढी र पहिरोले झन्डै १४ लाख ६० हजार परिवार प्रभावित भएका छन् । मौसम विज्ञान विभागले लुजोन टापुको केही भागमा अझै केही दिन ठूलो वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । फिलिपिन्समा हरेक वर्ष आँधीबेहरी आउने गर्छन् ।







प्रतिक्रिया