१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गुल्मीमा आगलागी हुँदा एक महिलाको ज्यान गयो



गुल्मी ।
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईकी ३० वर्षीया जुना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराति तीन बजेतिर घरमा आगलागी भएको थियो । ज्यान गुमाएकी जुना आमा मनिदेवी विकसँग बस्दै आउनुभएको थियो । आगलागीको कारण खुलेको छैन ।

प्रकाशित मिति : ११ श्रावण २०८२ आइतबार ००:००  १० : ५१ बजे