५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

भोटेकोशीमा भीषण बाढीः सतर्क रहन प्रशासनको आग्रह



नुवाकोट : भोटेकोशीमा भीषण बाढी आएको छ। बुधबार बिहान ३ बजेदेखि आएको बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेका छन्।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ। बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ।  

प्रकाशित मिति : १४ श्रावण २०८२ बुधबार ००:००  ८ : ३५ बजे