कपिलवस्तु ।
दूर्घटना न्यूनिकरणका लागि बाणगंगा नगरपालिकाले ट्राफिक सचेतनामा जोड दिएको छ । कार्यक्रमलाई बाणगंगा नगरपालिकाले तिव्रता दिएको छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले ट्राफिक सचेतना कार्यक्रमको उद्घाटन गर्दै दूर्घटना न्यूनिकरणका लागि निरन्तर ट्राफिक सचेतनाको आवश्यकतामा जोड दिनु भयो । नगर प्रमुख अर्यालले ट्राफिक नियम, मापदण्डका बारेमा चालक तथा सहचालकलाई पहिलो चरणको जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको र यो कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गर्नु भयो ।
सचेतना कार्यक्रममा बाणगंगा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका चालक, सहचालकहरुको सहभागिता रहेको बाणगंगा नगरपालिकाले जनाएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा बुधबार सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय पिपरा र ट्राफिक प्रहरी कार्यालय पिपरा, कपिलवस्तुले गरेको थियो ।







प्रतिक्रिया